फागुन १८, काठमाडौँ । नेपाल आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा यूएईसँग पराजित भएको छ । घरेलु टोली यूएईसँग आज बिहीबार भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।
यूएईले
दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालले दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३५
ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३९ रन बनायो ।
कुशल
मल्लले नेपालका लागि ६० रनको अर्धशतकीय पारी खेले भने त्यस्तै सन्दीप लामिछानेले
२५ रन बनाउँदा आसिफ शेखले १७ रन बनाउन बाहेक अन्य ब्याटरले आजको खेलमा दोहोरो
अंकमा रन बनाउन सकेनन् ।
- न्युज बहार संवाददाता