असार १, काठमाडौँ । नेपाल दक्षिण
अफ्रिकासँग मात्र १ रनले पराजित भएको छ ।
आज बिहान भएको आईसीसी टी-२० विश्वकप २०२४ को खेलमा नेपाल केबल १ रनले पराजित भएको हो
।
यो हार
सँगै नेपालको सुपर-८ को यात्रा पनि समाप्त भएको छ ।
जितको
लागि नेपाललाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।
नेपालले ११६
रनको विजयी लक्ष्य पछ्याएकोमा २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सफल
भयो।
नेपालका लागि
ओपनर आसिफ शेखले ४९ बलमा सर्वाधिक ४२ रन बनाएका छन ।
- न्युज बहार संवाददाता