फागुन १८, काठमाडौँ । आईसीसी
विश्वकप लिग–२
अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले लगातार सातौं विकेट
गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको २०८ रनको लक्ष्य
पछ्याईरहेको नेपालले २० औँ ओभरमा आईपुग्दा सम्म सातौं विकेट गुमाइसकेको छ।
अहिले भर्खरै नेपालका दिपेन्द्र
सिंह ऐरी २० औं ओभरको तेस्रो बलमा बोल्ड आउट भएका छन । दिपेन्द्रले ७ रन बनाएका
थिए । उनलाई यूएईका खेलाडी रोहन मुस्तफाले आउट गरेका हुन ।
- न्युज बहार संवाददाता