बैशाख ५, काठमाडौँ। एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितअन्तर्गत आज भएको नेपाल र मलेसिया बिचको खेलको निर्धारित ५० ओभरमा मलेसियाले २३६ रनको लक्ष्य नेपाल सामु राखेको छ।
टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको हो।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिएका हुन भने ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिएका छन।
- न्युज बहार संवाददाता