असार ५, काठमाडौँ । विश्वकप छनोटको आज हुदै गरेको दोस्रो खेलमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले जितको लागी जवाफी ब्याटिङ गरि २०८ रनको युगफल तयार गर्नुपर्नेछ।
जिम्बाव्वेको राजधानी हरारेको ताकासिंगा क्रिकेट क्लबमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २०७ रन बनाएको हो ।
नेपालका लागी करण केसी एक्लैले ४ विकेट लिएका थिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिन सफल भए । स्पिनर सन्दीप लामिछाने भने आज एक विकेट पनि लिन सकेनन्।
- न्युज बहार संवाददाता