असार ७, काठमाडौँ। नेपालले तआइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटको आज हुने तेस्रो खेलमा मा दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्दैछ। खेल केही समयमा नै सुरु हुने छ।
आज जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुन लागेको खेलमा नेपालले टस जितेको छ। टस जितेर नेपालले पहिले बलिङ रोजेपछि वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्ने भएको छ।
- न्युज बहार संवाददाता