Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लिग टु मा आज नेपाल र पपुवा न्युगिनीको खेल हुदै।

म्याच नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुने।

  •   ४ वर्ष अघि | १९ फाल्गुन २०७९, शुक्रबार

फागुन १९, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंला अहिले युएईमा जारी छ । आज हुने तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीसँग खेल्दै छ।

खेल दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने छ भने आजको म्याच नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुने बताईएको छ ।

नेपाल बिहीबार भएको खेलमा युएईसँग ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको छ । आज हुने नेपाल र पपुवा न्युगिनीविरुद्धको खेलमा कमब्याक गर्दै जित निकाल्ने लक्ष्यमा छ ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलाको पहिलो खेलमै पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । तर हिजो भएको दोस्रो खेलमा नेपालका ब्याटम्यानहरुले रन बनारन नसक्दा नेपाल युएईविरुद्ध २०७ रनको लक्ष्य पछ्याउँदा १३९ रनमै अलआउट भयो। यता पपुवा न्युगिनीले भने पहिले नेपालसँग हारे पनि युएईलाई पराजित गरेको थियो ।

लिग टु का खेलहरुमा नेपाल पपुवा न्युगिनीसँग अपराजित नै छ । नेपालले यसअघिको लिग टुको तीनवटै खेल जितेको थियो । समग्रमा हेर्दा नेपाल र पपुवा न्युगिनीले जम्मा ७ ओडिआई खेल खेलेको छ । जसमा नेपालले ५ खेल जितेको छ भने २ खेल पपुवा न्युगिनीले जितेको छ ।

  • न्युज बहार संवाददाता

थप