Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपिएल अन्तर्गत शुक्रबार भएको खेलमा मुम्बई इन्डियन्सको जित।

  •   ३ वर्ष अघि | ३० बैशाख २०८०, शनिबार

बैशाख ३०, काठमाडौँ। आईपिएल- इन्डियन प्रिमियर लिगमा हिजो शुक्रबार राती भएको खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई मुम्बई इन्डियन्सले २७ रनले पराजित गरेको छ ।

मुम्बई इन्डियन्सका सूर्यकुमार यादवले आफ्नो आईपीएल करियरको पहिलो शतक बनाउँदा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई प्लेअपमा जानबाट केहीसमय रोकिएको छ ।

हिजोको खेलमा जित हासिल गरेसँगै मुम्बई इन्डियन्स अंक तालिकाको ३ नम्बरमा उक्लिएको छ।

मुम्बईको वानखेडे स्टेडियममा गुजरातले टस जितेर पहिले बलिङ रोजेको थियो भने टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सफल भयो ।

  • न्युज बहार संवाददाता

थप