Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपीएलमा मुम्बई इन्डियन्स गुजरात टाइटन्सद्वारा ५५ रनले पराजित।

  •   ४ वर्ष अघि | १३ बैशाख २०८०, बुधबार

बैशाख १३, काठमाडौँ। आईपीएल - इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सलाई साविक विजेतासमेत रहेको गुजरात टाइटन्सले ५५ रनले पराजित गरेको छ । हिजो भएको खेलमा पाँचौ जित हासिल गरेपछी गुजरात अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ।

नरेन्द्र मोदी स्टेडियम, अहमेदावाद घरेलु मैदानमा मंगलबार राति टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको लक्ष्य बनाएको थियो।

जवाफमा मुम्बईले ९ विकेट गुमाएर २० ओभरमा १५२ रन मात्र बनाउन सक्यो । सात खेलमा पाँचौ जित हासिल गरेको गुजरातले १० अंक जोडेको छ ।

अंक तालिकाको शीर्ष स्थानमा भने चेन्नाई सुपर किंग्स रहेको छ। यता मुम्बई भने यस सिजनको चौथो हार बेहोरेपछी ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

  • न्युज बहार संवाददाता

थप