बैशाख २७, काठमाडौँ । आईपीए - इन्डियन प्रिमियर लिगको हिजो राती भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई मुम्बई इन्डियन्सले ६ विकेटले पराजित गरेको छ ।
हिजोको जित सँगै ११ खेलबाट १२ अंक जोडेको मुम्बई तेस्रो स्थानमा उक्लेको छ भने प्लेअफमा पुग्ने सम्भावनालाई जिवित राखेको छ ।
यता पराजित भएको बेंगलोर ११ खेलबाट १० अंकसहित सातौं स्थानमा रहेको छ ।
घरेलु मैदान वाङखडे स्टेडियममा मुम्बईका लागी सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट ब्याटिङ गरेपछि २०० रनको लक्ष्य १६.३ ओभरमै ४ विकेट गुमाएर पूरा गरेको हो ।
- न्युज बहार संवाददाता