जेठ २८, काठमाडौँ । म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधी पहिलोपल्ट जितेको हो।
हिजो शनिबार राति टर्कीको स्तानबुलमा भएको फाइनलमा इटलीको इन्टर मिलानलाई १-० ले हराउ म्यानचेस्टर सिटी लिगको विजेता बनेको हो।
खेलमा जितका लागि ६८औं मिनेटमा रोड्रीले सिटीका तर्फवाट गोल गरेका थिए ।
यस जित सँगै सिटी युरोपियन च्याम्पियन्स लिग जित्ने छैटौं इंग्लिस क्लब बनेको छ ।
- न्युज बहार संवाददाता