जेठ १,
काठमाडौँ। इन्डियन प्रिमियर लिग आईपीएलमा हिजो आइतबार राती भएको खलेमा कोलकाता
नाइट राइडर्सले चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
यो जितसँगै कोलकाताले प्लेअफमा पुग्ने सम्भावना बाँकी नै राखेको छ भने चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने देखिएको छ।
घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रनको लक्ष्य कोलकत्ताको अगाडी राखेको थियो। यसको जवाफमा किलकत्ताले ९ बलअगावै चार विकेट गुमाएर पूरा १४५को लक्ष्य पुरा गरेको हो।
- न्युज बहार संवाददाता