चैत ११, काठमाडौँ । आईपील - इन्डियन
प्रिमियर लिग २०२४ को हिजो राती भएको तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स
हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
हैदराबादले
जितको लागि २०९ रनको बिशाल लक्ष्य पछ्उँदा २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन मात्र
बनाउन सफल भयो ।
हैदराबादका
लागि अन्तिम ओभरमा जित्नका लागि १३ रन चाहिको थियो । तर कोलकाताका हर्षित रानाले उत्कृष्ट
बलिङ गर्दै अन्तिम ओभरमा २ विकेट लिएर ८ रन मात्रै दिए । हैदराबादका लागि २९ बलमा
८ छक्कासहित सर्वाधिक ६३ रन हेनरिक क्लासेनले बनाएका थिए ।
पहिलो
इनिङमा घरेलु टोली कोलकाताले इर्डेन गार्डेन कोलकाताको मैदानमा टस हारेर पहिला
ब्याटिङको निम्तो पाएको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट
गुमाउँदै २०८ रन बनाएको थियो ।
- न्युज बहार संवाददाता