बैशाख २६, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर
लिगमा हिजो सोमबार राती भएको खेलमा पन्जाब किंग्सलाई कोलकाता नाइट राइडर्सले पाँच
विकेटले पराजित गरेको छ ।
कोलकाताका आन्द्रे रसेल र रिंकु सिंहले आक्रमक ब्याटिङ गरेपछि कोलकाताले पञ्जावमाथि अन्तिम बलमा रोमाञ्चक जित हात पारेको हो ।
पन्जाब किंग्सले दिएको १८० रनको लक्ष्य कोलकाताले अन्तिम बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
अब लिग अन्तर्गत दुवैले समान तीन खेल खेल्न बाँकी रहेको छ।
- न्युज बहार संवाददाता