जेठ १४, काठमाडौं । काठमाडौँ त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधिका लागि आज भारत र कजाखस्तानबीच फाइनल प्रतिस्पर्धा हुँदैछ ।
आजको प्रतियोगिताका दुई अपराजित टोली भारत र कजाखस्तान फाइनल खेल जित्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेका छन् ।
आजको फाइनल खेल दिउँसो ४ बजेपछि सुरु हुनेछ ।
- न्युज बहार संवाददाता