मंसिर ११, काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) मा आज
झापा एफसी र स्पोर्टिङ इलाम एफसी बिच प्रतिस्पर्धा हुँदै छ । आजका यी दुबै टोली नेपाल
सुपर लिगमा नयाँ हुन् ।
काठमाडौंको
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जारी खेलमा उद्घाटन खेलमै नयाँ टोली इलामले साविक
विजेता काठमाडौं रेजर्ससँग खेलेको थियो भने पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी १-०
ले पराजित भएको थियो ।
उता एफसी झापाको
लागि भने यो सिजन यो पहिलो हो ।
- न्युज बहार संवाददाता