Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी विश्वकप लिग–२ क्रिकेट: नेपालले आज नामिबियाको सामना गर्ने

  •   ३ वर्ष अघि | ९ फाल्गुन २०८०, बुधबार

फागुन ९, काठमाडौँ । नेपालले आज आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबियाको सामना गर्दैछ । खेल त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली समयअनुसार साढे ९ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा उत्कृष्ट कम्ब्याक गर्दै नेपाली टोलीले बलियो नेदरल्यान्ड्समाथि ९ विकेटको शानदार जीत हासिल गरेको थियो । आज नेपालसँग नामिबियासँग बदला लिने अवसर रहेको छ ।

त्रिकोणात्मक शृङ्खलामा तीनै टोलीले २–२ खेल खेलिसकेका छन भने हालसम्म सबै तिनै टोलीले समान एक खेलमा जीत र एक खेलमा हार बेहोरेका छन् । नेट रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा रहेको छ भने त्यसपछि क्रमशः नामिबिया र नेदरल्यान्ड्स रहेका छन ।

  • न्युज बहार संवाददाता

थप