Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईसीसी टी–२० विश्वकप क्रिकेट : फाइनलमा दक्षिण अफ्रिका र भारतबिच भिडन्त हुँदै

  •   २ वर्ष अघि | १५ असार २०८१, शनिबार

असार १५, काठमाडौँ । आज शनिबार आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको उपाधिका लागि दुई प्रभावशाली राष्ट्र दक्षिण अफ्रिका र भारतबिच भिडन्त हुँदैछ ।

आज हुने फाइनल खेल नेपाली समयअनुसार, राति २०:१५ बजे क्यारेबियन राष्ट्र बार्बाडसको राजधानी सहर ब्रिजटाउनस्थित केनसिङ्टन ओभलमा हुनेछ ।

१० वर्षपछि भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको हो । अर्कोतिर, दक्षिण अफ्रिका भने पहिलो पटक टी–२० विश्वकपको फाइनल पुगेको हो । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको दक्षिण अफ्रिका यसअघी दुईपटक सेमिफाइनलमा पुगेर पराजित भएको थियो ।

  • न्युज बहार संवाददाता

थप