कात्तिक
२५, काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल प्रिमियर लिग (एनपिएल) रोक्न माग गर्दै रिट
निवेदन दर्ता भएको छ । आमीर अख्तरले जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट सर्वोच्च अदालतमा
रिट दायर
गरेका हुन् ।
उक्त रिट
आज आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको जनाइएको छ ।
उनका
अनुसार नेपाल क्रिकेट संघले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि सहमति
गरेर दिएकाले अहिले अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गरेका हुन ।
- न्युज बहार संवाददाता