Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

धुर्मुस - सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्वबाट आधिकारिक बिदाईको पर्खाइमा ।

  •   ४ वर्ष अघि | २८ चैत्र २०७९, मङ्लबार

चैत २८, भरतपुर। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको स्वामित्व लिने निर्णय गएको साता बसेको मन्त्रिपरिषद बैठकले गरेको थियो।

मन्त्रिपरिषद बैठकले रंगशाला निर्माणको स्वामित्व लिने भनिए पनि पहिले निर्माणको जिम्मा लिएका सीताराम कट्टेल ‘धुर्मुस’ ले उक्त निर्णयको आधिकारिक जानकारी नपाएको बताएका छन्।

मन्त्रिपरिषद बैठकले चैत २० गते गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको स्वामित्व सरकारले लिने निर्णयको खबर आइरहँदा धुर्मुस पत्नी कुञ्जना घिमिरे, भाइ केदार कट्टेल र केही कर्मचारी रंगशाला निर्माणस्थलमै भएको धुर्मुसले बताएका छन।

धुर्मुसले भनेका छन ‘सरकारले स्वामित्व लिइदिनुपर्‍यो भनेर हामी डेढ वर्षदेखि पर्खिरहेका थियौं। के भइरहेको छ भनेर बुझ्न मन्त्रालय धाउने र रंगशाला रुँग्ने गर्दै आएका थियौं। गत साता सरकारले स्वामित्व लियो भनेर सञ्चारमाध्यममा खबर आए। ढिलै भए पनि राम्रै भयो भन्ने लाग्यो, तर अहिलेसम्म यस विषयमा औपचारिक जानकारी हामिले पाएका छैनौं।’

उनले आफुहरुको इच्छा सरकारले स्वामित्व ग्रहण गरेको औपचारिक निर्णय पाएपछि रंगशालाको सबै फरफारख गरेर बिदा लिने भएको बताएका छन।

 

  • न्युज बहार संवाददाता

थप