Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दिल्ली क्यापिटल्स १९ रनले विजयी

  •   २ वर्ष अघि | २ जेष्ठ २०८१, बुधबार

जेठ २, काठमाडौँ । दिल्ली क्यापिटल्सले आईपीएलको अन्तिम खेलमा लखनउ सुपर जाएन्ट्सलाई पराजित गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो ।

लखनउले २०९ रनको लक्ष्य पछ्उने क्रममा निर्धारित २० ओभरमा ९ विकेटको गुमाउँदै १८९ रन मात्रै बनाउन सफल भयो । लखनउका लागि अर्षद खानले ५८  रन र निकोलस पुरनले ६१ बनाएका थिए ।

यता दिल्लीका लागि इशान्त शर्माले ३ विकेट लिए ।

लिगचरणका सबै खेल सकेर दिल्लीले १४ अंक जोड्दा लखनउको एक खेल बाँकी छदाँ १२ अंक जोडेको छ ।

हिजोको यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ । 

  • न्युज बहार संवाददाता

थप