चैत २, काठमाडौँ। आज नेपाल र युएईबीच आईसीसी विश्वकप क्रिकेट लिग टु को अन्तिम खेलमा प्रतिस्पर्धा भइरहेको छ। आजको नेपाल र युएईबीच खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य राजनितिज्ञ व्यक्ती समेत कीर्तिपुर पुगेका छन् ।

युएईविरुद्धको आजको खेल नेपालका लागि अति महत्वपूर्ण छ यो खेल भइरहदा मैदान भित्र र बाहिर दर्शकहरु खचाखच मात्रामा छन्। नेपालको राष्ट्रिय झण्डा र व्यानर पम्पेल्ट बोकेका दर्शकहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन्। भित्र जान टिकट नपाएपछी कतिपय दर्शकहरू बाहिरै बसेर हेरिरहेका छन्।

आज विजयी
हुन सके नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा
सहभागी हुन पाउनेछ।
अहिले युएईले आफ्नो ५ औँ विकेट गुमाएर ३९ ओभरमा १८१ रन
बनाएर खेलिरहेको छ।
- न्युज बहार संवाददाता