फागुन १४, काठमाडौं । आज सर्वोच्च अदालतमा सन्दीप
लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सपना
मल्ल प्रधान र कुमार चुडालको पक्षमा आएको इजलासलको मुद्दाको सुनुवाइ बन्द इजलासमा
गर्न आदेश दिइएको हो । उच्च अदालत, पाटनको बलात्कारको
मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध
सरकारले दिएको निवेदन र क्रिकेट खेल्न विदेश जाने अनुमति दिन सन्दिप लामिछानेले
दिएको निवेदन गरि दुबै निवेदन आज न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको
संयुक्त इजलासमा परेको थियो ।
सन्दीपका वकिलले सरकारी
निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका हुन ।
लैंगिक हिंसा लगायतका मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सक्ने व्यवस्था रहेको छ र
सोही व्यवस्थाका आधारमा इजलासको आदेशपछि बन्द इजलास सुरु भएको छ, जसमा सरकारी पक्षका वकिल र सन्दीप
पक्षका वकिल मात्र सहभागी छन् ।