Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्पट फिक्सिङ घटनामा पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न अदालतको आदेश ।

काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्ने निर्णय ।

  •   ४ वर्ष अघि | १० फाल्गुन २०७९, बुधबार

फागुन १०, काठमाडौँ । नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको घटनामा पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। 

प्रकाउ परेका नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र जनकपुर रोयल्सबाट खेलेका आदिल अन्सारीलाई जनही तीन-तीन लाखमा छाड्न आदेश दिएको हो। 

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइसिसि लिग टु को खेल सुरू भएदेखि नै शंकास्पद गतिविधि हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको थियो। लिगमा स्पट फिक्सिङको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान थालेको थियो। 

अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। कार्यालयले ५ जनाविरूद्धमात्रै मुद्दा दर्ता गरेको थियो। दुई जना फरार नै थिए। अन्यको ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता गरिएको थिएन। 

थप