Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्यानद्वारा खेलाडीको ४ समूहमा वर्गीकरण, ग्रेड अनुसार तलब वितरण गर्ने

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ । अब  ‘ए’ ग्रेडका खेलाडीलाई क्रिकेट एसोसियसन अफ नेपाल(क्यान)ले एक लाख तलब दिने भएको छ ।

फागुन १२ र १४ गते बसेको क्रिकेट संघको बोर्ड बैठकले ग्रेड अनुसार खेलाडीलाई तलब दिने भएको हो ।

सन् २०२४ का लागि खेलाडीहरुको वर्गीकरण गर्दै संघले ग्रेड ‘ए’ लाई १ लाख, ग्रेड ‘बी’ लाई ७० हजार, ग्रेड ‘सी’ लाई ५५ हजार, ग्रेड ‘डी’ लाई ३५ हजार र इमर्जिङ क्याटोगरीलाई २५ हजार मासिक तलब उपलब्ध गराउने निर्णय गरेको हो ।पुरुष क्रिकेट खेलाडी तर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीलाई संघले ४ समूहमा वर्गीकरण गरेको हो ।

यी हुन क्यानले वर्गीकरण गरेको ४ समूहमा परेका खेलाडीहरु


ग्रेड ‘ए’ – रोहित पौडेल, करण के‍.सी., सोमपाल कामी, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल

ग्रेड ‘बी’– गुलशन झा, कुशल मल्ल, ललित नारायण राजवंशी, भिम सार्की, अविनाश बोहरा र आरिफ सेख

ग्रेड ‘सी’ – बिनोद भण्डारी, सन्दिप जोरा, अर्जुन साउद  र प्रतिस जी. सी.

ग्रेड ‘डी’ – अनिल साह, पवन सर्राफ, बिबेक कुमार यादव, सागर ढकाल, बसिर अहमद, आकास चन्द र सुर्य तामाङ

मर्जिङ क्याटोगरी – रुपेस सिंह,  दिपेश कंडेल , बिपिन खत्री , रिजन ढकाल , हेमन्त धामी, देब खनाल र अर्जुन घर्ती  ।



  • न्युज बहार संवाददाता

थप