फागुन
३, काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फिक्सिङ गरेर पैसा कमाउने
रणनीति अनुसार नै भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले नेपालमा टी–२० आयोजनाको जिम्मा लिएको निष्कर्ष
निकालेको छ।
१० जनालाई प्रतिवादी बनाइएको सीआईबीका एसपी सन्जय सिंह थापाले जानकारी दिएका छन । एसपी सन्जय सिंह थापाले उनीहरुलाई खेलकुद ऐन अनुसार तीन वर्ष कैद र नगद ५० हजार रुपैयाँ समेत जरिवाना हुनुपर्ने सिफारिस पनि गरेको जानकारी दिएका छन ।

गत पुस ९–२७ सम्म त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपाली टी–२० लिग भएको थियो। नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमर अर्का एक जना सहित ३
जनालाई प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ गरिसकिएको छ ।
विवादित भारतीय कम्पनी
सेभेन थ्री स्पोर्टसले नेपाल टी–२०
लिगको व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा नेपाल क्रिकेट संघ (क्यान)सँग
सम्झौता गरेको थियो ।उक्त भारतिय कम्पनिका मालिक जतिन अहुवालिया पनि स्पट
फिक्सिङमा प्रत्यक्ष संग्लग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सोहि
विषयमा अनुसन्धान सक्काएर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको प्रस्तावित राय
सुझावमा आयोजक संस्था सेभेन थ्री स्टारका सञ्चालकहरू जतिन अहलुवालिया, अभिशेख शाखलानी र विनोद
धानीनै स्पट फिक्सिङमा संलग्न रहेको लिखित रुपमा उल्लेख छ ।
यी
सबैविरुद्ध सिआइबीको राय सुझावमा अभियोग लगाउन सिफारिस गरिएको छ। यी तिनै जना
भारतीय नागरिक हुन्। फिक्सिङबारे अनुसन्धान शुरू भएपछि प्रतियोगिता नै नसकिइ
उनीहरू भागेका थिए।