चैत २१, काठमाडौं । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ को हिजो सोमरबार भएको खेलमा चेन्नाइ सुपर किंग्सले लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।
चेन्नाइको यो सिजनको पहिलो जित हो। चेन्नाइको यो जितमा अलराउण्डर मोइन अलीले शानदार बलिङ गर्दै ४ विकेट लिएका छन। चेन्नाइ पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
एमए चिदम्बरम क्रिकेट स्टेडियमको घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ७ विकेट गुमाएर २१७ रनको फराकिलो लक्ष्य बनाएको थियो । जवाफमा लखनउले २० ओभरमा ७ विकेट २०५ रन मात्र बनाउन सक्यो ।
- न्युज बहार संवाददाता