Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चेन्नई सुपरकिंग्सले जित्यो आइपिएल २०२३ को उपाधी।

  •   ३ वर्ष अघि | १६ जेष्ठ २०८०, मङ्लबार

जेठ १६, काठमाडौँ। चेन्नई सुपरकिंग्सले आइपिएल(इण्डियन प्रिमिएर लिग) २०२३ को उपाधि जितेको छ।

हिजो राती देखी सुरु भई वर्षको कारण मंगलबार विहान मात्र सकिएको खेलमा चेन्नईले गुजरात टाइटन्सलाई डिएलएस मेथडमा ५ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। 

आइपिएलको फाइनलमा दशौं पटक खेलेको चेन्नईको यो पाँचौ उपाधि हो। 

अहमदावादमा वर्षाले प्रभावित भएको खेलमा चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो। जुन लक्ष्य चेन्नईले अन्तिम बलमा ५ विकेटको क्षतिमा पूरा गरेको छ। 

चेन्नईको जितको लागि अन्तिम ओभरमा १४ रन चाहिएको थियो।  स्ट्राइकमा दुवे र जडेजाले चार बलसम्म ३ रन मात्र जोडेका थिए। जडेजाले पाँचौ बलमा गुजरातका मोहित शर्मालाई छक्का प्रहार गरे। त्यसपछि जितका लागि अन्तिम बलमा चौका चाहिएको थियो जसमा जडेजाले चौका नै प्रहार गर्दै चेन्नईलाई च्याम्पियन बनाएका हुन। 

  • न्युज बहार संवाददाता

थप