Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आईपीएल २०२३ को सोमबारको खेलमा बेंगलोरमाथि चेन्नाई सुपर किंग्सको जित।

  •   ४ वर्ष अघि | ५ बैशाख २०८०, मङ्लबार

बैशाख ५, काठमाडौं । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ अन्तर्गत सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि चेन्नाई सुपर किंग्सले ८ रनको रोमान्चक जित निकालेको छ।

चेन्नाईले हिजो रातिको खेलमा २२६ रनको स्कोर डिफेण्ड गर्दै बेंगलोरलाई उसैको मैदानमा पराजित गरेको छ।

बेंगलोरको भरेलु मैदान बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा २२६ रनको लक्ष्य खडा गरेको थियो भने चेन्नाईले दिएको २२७ रनको लक्ष्य पछ्याएको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन मात्र बनाउन सफल भयो।

यो खेलमा जित सँगै पाँच खेलमा तेस्रो जित हात पारेको चेन्नाई ६ अंक जोडेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

  • न्युज बहार संवाददाता

थप