बैशाख
९, काठमाडौँ। आइपिएल - इन्डियन प्रिमियर लिग २०२३ को गएराती भएको खेलमा सनराइजर्स
हैदरावादलाई चेन्नाई सुपरकिंग्सले ७ विकेटले हराएको छ।
चेन्नाईको
घरेलु मैदान चिदम्बरम स्टेडियममा हैदरावादले दिएको १३४ रनको सामान्य लक्ष्य
चेन्नाईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
चेन्नाईका लागी डेभन कनवेले विस्फोट ब्याटिङ गर्दै १२ चौका र १ छक्का सहित ५७ बलमा ७७ रन बनाएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर निर्धारित २० ओभरमा १३४ रन बनाएको थियो।
हिजो
रातिको खेलको जितसँगै चेन्नाई ८ अंकसहित अंक तालिकाको तेस्रो
स्थानमा उक्लिएको छ।
- न्युज बहार संवाददाता