Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

चेन्नाई सुपर किंग्सद्वारा दिल्ली क्यापिटल्स २७ रनले पराजित।

  •   ४ वर्ष अघि | २८ बैशाख २०८०, बिहिबार

बैशाख २८, काठमाडौँ। आईपीएल - इन्डियन प्रिमियर लिगमा बुधबार राती भएको खेलमा दिल्ली क्यापिटल्सलाई चेन्नाई सुपर किंग्सले २७ रनले पराजित गरेको छ । यो जित सँगै चेन्नाईको प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ ।

१२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। चेन्नाई अब लिगमा बाँकी भएको दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ।

यता सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा रहेको छ भने उसको प्लेअफमा जाने सम्भावना लगभग सकिएको छ ।

चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्वामी स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सफल भयो ।

  • न्युज बहार संवाददाता

थप