फागुन १७, काठमाडौं । आईसीसी विश्वकप लिग टू
अन्तर्गत यूएईमा चलिरहेको त्रिकोणत्मक शृंखलाका बाँकी खेल खेल्नका लागि सन्दीप
लामिछानेलाई आजै युएई पठाउने तयारी नेपाल क्रिकेट संघ क्यानले गरेको छ । क्यानका
कार्यवाहक सचिव दुर्गा पाठकले यूएई र पपुवा न्युगिनीसम्मिलित शृंखला खेलिरहेका एक नेपाली
खेलाडी घाइते भएकाले उनको ठाउँमा खेल्नको लागी सन्दीपलाई आजै युएई पठाउने तयारी
गरिरहेको जानकारी दिएका छन ।
दुर्गा पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ। उनले भने ‘भिजा आइसकेको छ,एक जना खेलाडी घाइते पनि हुनु भएको छ त्यसैले हामीले प्रतिस्थापन मागेका छौं,’ ‘त्यहाँको आधिकारिक व्यक्तिबाट जानकारी आएपछि हामीले घाइते खेलाडीको नामसहित जानकारी दिनेछौं।’ सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिइसकेको कारणले उनलाई सिरिजका लागि यूएई पठाउन लागिएको पाठकले बताएका छन ।
- न्युज बहार संवाददाता