Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज सिनियर र जुनियर दुबै टिमले युएईसँग खेल्दै ।

जुनियर टोली विश्वकपको निकै नजिक पुगिसकेको छ।

  •   ४ वर्ष अघि | १८ फाल्गुन २०७९, बिहिबार

फागुन १८, काठमाडौं । आज नेपाली क्रिकेटका लागि महत्वपूर्ण दिन रहनेछ किनकी आज नेपालको सिनियर र जुनियर उमेर समूहको दुवै राष्ट्रिय टोलीले यूएईसँग प्रतिष्पर्धात्मक खेल खेल्दैछन् । आजको दुवै खेल यूएईमै हुँदैछ र दुवै टोलीलको अन्तिम लक्ष्य र विश्वकप नै खेल जिन्नै पर्नेछ । जुनियर टोली सिनियर टोलीको तुलनामा विश्वकपको निकै नजिक पुगिसकेको छ । त्यसैले आजको यू-१९ टोलीको खेल निकै महतवपूर्ण हुने देखिन्छ ।

यू-१९ विश्वकपका लागि अर्को वर्ष श्रीलंकामा हुन गइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र यूएई खेल्दैछन् । राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि नेपालको लागि यो खेल फाइनल जस्तै हुनेछ ।

अर्को तर्फ नेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गतका शृङ्खला खेल्न यूएईमा छ । नेपालले लिग टु अन्तर्गत पहिलो खेलमा पपुवान्युगिनीलाई पराजित गरेर दोस्रो खेल युएईसँग खेल्दै छ ।

  • न्युज बहार संवाददाता

थप