Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

विराटनगर महानगरले ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने।

महानगरले नगद १ लाख १ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ।

  •   ४ वर्ष अघि | ६ चैत्र २०७९, सोमवार

चैत ६, विराटनगर। नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन  आइसिसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेर योगदान गर्ने क्रिकेटरहरू सम्मानित हुने क्रम जारी रहेको छ। 

यही क्रममा ललित राजवंशी र दिपेश कँडेललाई विराटनगर महानगरले नगद १ लाख १ हजारसहित सम्मान गर्ने घोषणा गरेको छ। 

विराटनगरका ललित राष्ट्रिय टोलीका सदस्य हुन भने दिपेश यु–१९ टोलीका सदस्य हुन्।  आइसिसी लिग २ अन्तर्गत युएईविरूद्धको खेलमा ललितले ५ विकेट लिएर करिअरकै उत्कृष्ट सफलता हात पारेका थिए।

युएईविरुद्धको अन्तिम खेलमा पनि ललितले किफायती बलिङ गर्दै १० ओभरमा २७ रन दिएर १ विकेट लिएका थिए। यता दिपेश कँडेलले यु–१९ विश्वकप छनोटको फाइनलमा युएईविरूद्ध ह्याट्रिक गरेपछि नेपाल यु-१९ विश्वकपमा पुगेको थियो।

  • न्युज बहार संवाददाता

थप