Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सन्दीपले भिसा नपाएको बारे ज्ञानेन्द्र शाही भन्छन ‘सिंहलाई खोरमा राखेर नेपालको बेइज्जत गर्न खोजिएको हो?’

  •   २ वर्ष अघि | २० जेष्ठ २०८१, आइतवार

जेठ २०, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिनु सिंगो नेपालमाथिको अपमान भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर(ज्ञानेन्द्र) शाहीले बताएका छन् ।

सांसद शाहीले आज आइतबार प्रतिनिधि सभाको विशेष समयामा बोल्दै जुन देशले विश्वकप क्रिकेटको आयोजना गरेको छ उही देशले भिसा नदिएको विषयमा परराष्ट्र नीति के हो भन्दै प्रश्न समेत गरेका छन् । 

उच्च अदालतले निर्दोष भएको फैसला गरेको, क्यान र आइसीसीले स्वीकृत गरेपनि खेलाडीलाई भिसा नदिँदा प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिँड्न लाज लाग्दैन भन्दै उनले नेताहरुसँग प्रश्न पनि गरेका छन ।

उनले विश्वकपमा खेल्न जाँन आफ्नो खेलाडीलाई भिसा नदिँदा चुप लागेर बस्ने परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालय नचाहिँने समेत बताएका छन ।

उनले भने ‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन। सिंहलाई खोरमा राखेर नेपालको बेइज्जत गर्न खोजिएको हो, सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथिको अपमान हो।नेपाललाई संसारमा कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन।’ 

  • न्युज बहार संवाददाता

थप