मंसिर २८, काठमाडौँ । आज नेपाल सुपर लिग २०२३ अन्तर्गत धनगढी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल काठमाडौँको त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजेबाट सुरु हुनेछ ।
धनगढी यससिजन
अपराजित दुई मध्ये एक टिम हो । आजको खेल धनगढीले जिते शीर्ष स्थानमा उक्लने अवसर छ
।
धनगढीले चार
खेलमा २ जित र २ बराबरीबाट ८ अंक हात पार्दा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै
चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा रहेको छ । चितवनले अहिले सम्म एक
खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ र दुई खेलमा पराजित भएको छ । त्यसैले आजको खेल जित्नैपर्ने
दबाब चितवनका लागि छ ।
- न्युज बहार संवाददाता