Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फुटबल सँगै हेलिकप्टर पनि मैदानमा ।

फुटबल सँगै हेलिकप्टर पनि मैदानमा ।

  •   ४ वर्ष अघि | ६ माघ २०७९, शुक्रबार

माघ ६, स्यांङ्जा । हिजो माघ ५ गते स्याङजाको वालिङमा राष्ट्रिय स्तरको फुटबल खेल भैइरहेको मैदानमा अकस्मात अकाशमा उडिरहेको हेलिकप्टर ल्याण्ड गरिएको  छ ।यसरि के कारणले खेल चलिरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरिएको हो भन्ने एकिन हुन सकेको छैन । स्याङ्जाको वालिङमा वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । यसरी खेल चलिरहेको बेला बिना कुनै जानकारी खेल मैदानमा हेलिकप्टर ल्याण्ड गरेको भनेर खेलाडीहरुले आक्रोसीत हुदै पाइलट र यात्रुहरुलाई कुटपिट समेत गरेका छन ।

पाईलटले भने वालिङकै स्थानियले हेलिकप्टर चार्टर गरेर लगेको र उहाँलेनै हेलिकप्टरलाई खेल भइरहेको मैदानमा ल्याण्ड गर्न दबाब दिएको प्ररम्भिक अनुसन्धानमा बताएका छन । पाईलट र अन्य यात्रुहरुको प्रहरीले उध्दार गरेर लगेको छ भने उक्त घटना बारे थप अनुशन्धान हुदै छ ।

फुटबल खेल भइरहेको बेला बिना कुनै पूर्व सूचना, हेलिकप्टर मैदानमै ल्यान्ड गर्ने व्यक्तिहरूलाई त्यहाँका क्लब र प्रतियोगिता सञ्चालकले कारबाही गर्न माग गरेको छ ।

 

थप