चैत १३, काठमाडौं । पोर्चुगलले लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ । समूह ‘जे’ युरोकप २०२४ को छनोट अन्तर्गत को खेलमा पोर्चुगल र लक्जेमवर्ग विच प्रतिष्पर्धा भएको थियो ।
लक्जेमवर्ग विरुद्ध पोर्चुगलको फराकिलो जितमा जाआओ फेलिक्स र क्रिस्टियानो रोनाल्डोले दुई-दुई गोल गरेका थिए भने लिआओ र ओटाभियो राफेलले एक-एक गोल गरेका थिए।
यो जितपछि पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर समूह जे को शीर्ष स्थानमा रहेको छ ।
- न्युज बहार संवाददाता