फागुन ५, काठमाडौँ । काठमाडौँ प्रहरी र
केन्द्रीय अनुसन्धान ब्युरोले क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा ४ जनालाई पक्राउ
गरेको छ । अभियुक्तहरुलाई ‘अनलाइन बेटिङ’ गराएको आरोपमा कीर्तिपुर
क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का एसपी सन्जय सिंह थापाले त्रिवि मैदानमा खटिएका प्रहरीहरुले नै उक्त व्यक्तिहरुलाई पक्राउ गरेको बताएका छन । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको परिचय भने खुलाएको छैन ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।