बैशाख १, काठमाडौँ । आईपीएल २०२४ को हिजो राती भएको खेलमा दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । दिल्लीले शुक्रबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पारजित गरेको हो ।
लखनउले टस
जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा आफ्नो महात्वपुर्ण ७ विकेट गुमाएर १६७
रन बनाएको थियो । १६८सको लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर उक्त
लक्ष्य पूरा गरेको थियो ।
दिल्लीको
जितका लागि जेक फ्रासिर म्याग्रुकले ५५ रनको अर्धशतकीय पारि खेलेका थिए । त्यसैगरी
कप्तान ऋषभ पन्तले ४१ रन बनाउन सफल भए ।
लखनउका
रवि विश्नोइले दिल्लीको २ विकेट लिँएका थिए ।
हिजोको खेलमा लखनउको सुरुआत मध्यम
रहेको थियो भने मिडिल अर्डर पुरै फ्लप सावित भएको थियो ।
- न्युज बहार संवाददाता