साउन २२, काठमाडौँ । बिहिबार साताको अन्तिम कारोबार दिन आन सेयर बजार परिसुचक नेप्सेमा कुल ८ अर्ब ५३ करोडको धितोपत्रको कारोबार भएको छ । आजको यो कारोबार रकममा ३५ प्रतिशत हिस्सा टप १० ब्रोकर कम्पनीको रहेको छ । यसदिन टप १० ब्रोकरमार्फत २ अर्ब ९७ करोड रुपैयाँको बिक्री भएको छ भने ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिद भएको छ ।
आज खरिदमा पाँच
ब्रोकर र बिक्रीमा पाँच ब्रोकर नै हाबी देखिएका छन । बिहिबार अनलाइन (ब्रोकर नम्बर
४९) नासा (ब्रोकर नम्बर ५८), भिजन (ब्रोकर नम्बर ३४) , इम्पेरियल(ब्रोकर नम्बर ४५) र श्रीहरि (ब्रोकर नम्बर ५६) मार्फत बिक्री धेरै
भएको छ ।
त्यस्तै
सनी (ब्रोकर नम्बर ४२), डायनामिक
(ब्रोकर नम्बर ४४), दिपशिखा
(ब्रोकर नम्बर ३८), आर्यतारा (ब्रोकर
नम्बर ५७) र क्यापिटल म्याक्स (ब्रोकर
नम्बर ६२) मार्फत खरिद बढी भएको छ ।
आजका टप १० ब्रोकरहरुको सुचि निम्न रहेको छ ।
- न्युज बहार संवाददाता