Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट

  •   २ वर्ष अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकले घटेको छ ।  २०८१ सालको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.३५ अंक(०.११ प्रतिशत) ले घटेर २०२३.३५ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । यस दिन ३२० स्टकको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन बजारमा एक स्टकको शेयर सकारात्मक सर्किट र एक स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। श्रीजनशील लघुवित्तको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ । आज सर्वाधिक १.९१ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक १.०३ प्रतिशतले कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप