Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकको गिरावट

  •   ३ महिना अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । आज नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसुचक नेप्से सामान्य अंकले घटेको छ ।  २०८१ सालको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.३५ अंक(०.११ प्रतिशत) ले घटेर २०२३.३५ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । यस दिन ३२० स्टकको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन बजारमा एक स्टकको शेयर सकारात्मक सर्किट र एक स्टकको नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। श्रीजनशील लघुवित्तको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक घटेको छ भने ४ उपसमूहको परिसूचक बढेको छ । आज सर्वाधिक १.९१ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक १.०३ प्रतिशतले कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।

 

  • न्युज बहार संवाददाता

थप