असोज
२२, काठमाडौँ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ।
सोमबार अमेरिकी डलर एकको खरिददर
१३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसामा किनबेच भएको छ।
सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक
गरेको विनिमय दर अनुसार युरोपियन युरोको एकको खरिददर १४० रुपैयाँ ७१ पैसा र
बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा रहेको छ।
सोमबार पाउण्ड स्टर्लिङ एकको
खरिदमा भने १६२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १६३ रुपैयाँ ४० पैसा पाइन्छ।
अष्ट्रेलियन डलर एकको खरिदमा
भने ८४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८५ रुपैयाँ २३ पैसा तोकिएको छ ।
आज
क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७१ पैसा रोकिएको
छ।
यस्तै, आज कतारी रियाल एकको खरिदमा ३६
रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६१ पैसा रहेको छ भने साउदी अरेबियन रियाल
एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकिएको छ।
नेपाल
राष्ट्र बैंकले युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ
३५ पैसा तोकेको छ । त्यस्तै सोमबार मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ २० पैसा
र बिक्रीमा २८ रुपैयाँ ३२ पैसा पाइने छ ।
कुवेती दिनार एकको खरिदमा सोमबार
४२९ रुपैयाँ ६८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६२ पैसा पाइन्छ भने
बहराइन दिनार एकको खरिददर ३५२
रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ११ पैसा तोकिएको छ।
- न्युज बहार संवाददाता