Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यस्तो छ आजका लागि राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर, अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागी विनिमय दर सार्वजनिक गरेको छ। आज सार्वजनिक विनिमय दर अनुसार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।

आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ।

यो अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च हो।

नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ। त्यस्तै आज युरोपियन युरो एकको खरिदमा १४५ रुपैयाँ २५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९१ पैसा पाइने छ।

यस दिन क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६७ पैसा पाइन्छ।

आज कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६८ पैसा पाइनेछ। यसदिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ १५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९० पैसा तोकिएको छ। 

यस्तै, राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा तोकेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकेको छ।

यसदिन बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६७ पैसा तोकिएको छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६४ पैसा पाइनेछ । त्यस्तै मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१  पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।

  • न्युज बहार संवाददाता

थप