असार १३, काठमाडौँ । असार २२ गतेदेखि पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
हाल कायम
चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर कम्पनीले निष्कासन गर्न लागेको हो।
हाल कायम
१० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले
जनाएको छ।
प्रतिसेयर
१०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले ३१ करोड ६३ लाख रूपैयाँ बराबरको ३१ लाख ६३
हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
असार २
गते नै कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि बुक क्लोज गरिसकेको छ। असार १ गतेसम्म कायम
सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
साउन ११ गतेसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिनेछ।
- न्युज बहार संवाददाता