Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दोहोरो अंकले बढ्यो नेप्से, सोल्टी होटलको सर्वाधिक कारोबार

  •   ३ वर्ष अघि | २० कार्तिक २०८०, सोमवार

कार्तिक २०, काठमाडौँ । ५२ हप्ता यताकै न्यून बिन्दु पुगेपछि सेयर बजार परिसूचक नेप्से फर्किएको छ।

सोमबार बजार दोहोरो अंकले बढेको छ।

आज सोमबार २१.३० अंक (१.०० प्रतिशत)ले बजार बढेर १८४४.६५ बिन्दुमा बन्द भएको छ।

नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन।

आज भएको छ।  

यस दिन २८३ वटा धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेचबाट ९३ करोड ८९ लाख २९ हजार ४० रूपैयाँको सेयर कारोबार भएको हो।

यसदिन हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घट्नेमा लक्ष्‍मी लघुवित्त वित्तीय संस्था रहेको छ।

आज  बजारमा सोल्टी होटल लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ।

आज २१९ वटा ऋणपत्र तथा धितोपत्रको सेयर मूल्य बढेको छ भने ४९ वटाको घटेको छ। 

आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै ३.७३ प्रतिशतले होटल्स तथा पर्यटन समूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप