चैत १८, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से
परिसूचक १७.३० अंक (०.८५ प्रतिशत)ले घटेको छ।
यस दिन
नेप्से २०१८.३३ विन्दुमा बन्द भएको हो ।
आज
नेप्से परिसुचक घट्दा पनि कारोबार रकममा वृद्धि भएको छ।
आज
नेप्सेमा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रूपैयाँको सेयर कारोबार भएको हो ।
यस दिन
३१६ वटा धितोपत्रको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच भएको हो।
आज १७२
वटाको घटेको छ भने ६३ कम्पनीको सेयर मूल्य बढेको छ र १० कम्पनीको सेयर मूल्य स्थिरनै
रहेको छ।
आज सर्वाधिक १० प्रतिशतले मायाखोला हाइड्रोपावरको सेयर मूल्य बढेको
छ भने सर्वाधिक ९.९९ प्रतिशतले सर्वोत्तम
सिमेन्टको मूल्य घटेको छ ।
यसदिन
नेप्सेमा सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
यस कम्पनीको
आज मात्र २८ करोड ६८ लाख बराबरको सेयर कारोबार भएको हो।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बाँकी सबै समूहको
परिसूचक घट्दा निर्जीवन बीमा समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ ।
यसदिन सर्वाधिक
३.६५ प्रतिशतले उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता