Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

०.४७ प्रतिशतले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब १८ करोड ९९ लाख

  •   ३ वर्ष अघि | १७ असोज २०८०, बुधबार

असोज १७, काठमाडौँ । नेप्से परिसूचक आज बुधबार ९.२४ अंक (०.४७ प्रतिशत) ले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको छ ।

यस दिन अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ।

यस दिन २८४ वटा धितोपत्रको ४३ लाख २३ हजार २१ कित्ता सेयर किनबेचबाट १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ रुपैयाँको कारोबार भएको हो।

आज मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने सेयर मूल्य सर्वाधिक .६१ प्रतिशतले घट्नेमा समता घरेलु लघुवित्त रहेको छ।

यसदिन नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ वटा समूहगतपरिसुचक बढेको छ भने बैंकिङ समूहको परिसूचक घटेको छ ।

होटल्स तथा पर्यटन समूहको परिसूचक यसदिन सर्वाधिक १.५२ प्रतिशतले बढेको हो।

  • न्युज बहार संवाददाता

थप