Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२५.१६ अंकले घट्यो नेप्से, कारोबार रकम कति?

  •   १ वर्ष अघि | २१ फाल्गुन २०८१, बुधबार

फागुन २१, काठमाडौँ । आज बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक २५.१६ अंकले घटेर २८२१.१३ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३०८ स्टकको १ लाख १ हजार ६०३ पटकको कारोबारमा १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँबराबरको २ करोड ३३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

यस दिन दुई स्टकको शेयर स्टकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबारमा आएको ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ९६ करोड ७० लाख ९५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारारमा आएका १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४३ प्रतिशतले बढेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५५ प्रतिशतले घटेको छ। 

  • न्युज बहार संवाददाता

थप