फागुन
१७, काठमाडौँ । बिहिबार साताको अन्तिम
कारोबार दिन नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक २८.६८ अंक (
१.४३ प्रतिशत)ले घटेर १९७२.०९ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम भने बढेको छ । आज ७४ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्रीमा ३०९ स्टकको ४८ हजार ३४९ पटकको कारोबारमा २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको भएको छ।
आज घटेको बजारमा बोटलर्स
नेपाल (बलाजु) को शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन
जोशी हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूह
परिसूचकमा १३ वटा उपसुमह घटेको छ । आज सर्वाधिक ३.२१ प्रतिशतले वित्त उपसमूहको
परिसूचक घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । आज यस
कम्पनीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
- न्युज बहार संवाददाता